राइस कुकरमा करेन्ट लाग्दा एक जनाको मृत्यु

लोकपथ
504
Shares

काठमाडौं । बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वैजनाथ गाउँपालिका-४ बानियाभार बस्ने ४९ वर्षीय रोहिणी देवी वलीको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो ।

आफ्नै घरमा राइस कुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?