मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

लोकपथ
119
Shares

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिँदैछिन् ।

मुख्यमन्त्री शाक्यले आज (आइतवार) दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेकी हुन् ।

सत्तारुढ दल एमालेको विभाजन भएर सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भएको हो ।

हाल बागमती प्रदेश सभामा १०९ जना सांसद छन् । एमालेका सभामुखसहित ४३ जना सांसाद छन् । एमालेबाट विभाजन भई बनेको नेकपा(एकीकृत समाजवादी)का १३ जना सांसद छन् । त्यसैगरी माओवादी केन्द्रका २३, कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र स्वतन्त्र एक सांसद रहेका छन् । शाक्यलाई बहुमतका लागि ५५ जना सांसद आवश्यक भएपनि सत्तारुढ दल एमलोसँग ४३ जना मात्रै सांसद भएपछि उनले प्रदेश सभाबाट बहुमत नपाउने निश्चित छ ।

विपक्षी गठबन्धनले बागमती प्रदेशमा नेकपा(एकीकृत समाजवादी)को नेतृत्वमा सरकार बनाउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?