काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बसेको छ ।
बिहान १० बजेका लागि बोलाइएको बैठक १०ः३० बजेबाट जारी छ ।
पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहेको छ । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठक समेत बहिस्कार गरेको नेकपा एमालेले प्रधानमन्त्रीले बोलाएको बैठक समेत बहिस्कार गरेको हो ।

बैठकमा नेपाली कांग्रेसको तर्फबाट कांग्रेस सभापति र प्रधानमन्त्री शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् । त्यस्तै माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् । एकीकृत समाजवादीको तर्फबाट पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसालको उपस्थिती रहेको छ । तर स्वास्थ्य समस्याका कारण अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित रहेका छन् । त्यस्तै जनता समाजवादी पार्टीको तर्फबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी रहेका छन् । भने लोकतान्त्रिक समाजवादीका तर्फबाट महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थिती रहेको छ । त्यस्तै जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र नेमकिपाका तर्फबाट प्रेम सुवालको उपस्थिती रहेको छ ।
त्यसैगरी उक्त बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट समेत कुनै प्रतिनिधिको सहभागीता नरहेको बालुवाटार स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया