काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले फराकिलो जित हात पारेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बायर्नले डाइनामो किभलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा खेलको १२ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नको अग्रता दोब्बर बनाए ।
खेलको ६८ औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए । ७४ औं मिनेटमा सानेले गोल गर्दा टिमको अग्रता ४-० दिलाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा मोटीङले गोल गर्दै बायर्नलाई ५-० को जित दिलाए । जितसँगै समूह ‘ई’ को बायर्नले २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । किभले २ खेलमा १ अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया