च्याम्पियन्स लिग : बेन्फिकासँग बार्सिलोना स्तब्ध

लोकपथ
168
Shares

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना स्तब्ध भएको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३-० ले पराजित भएको हो ।

खेलको ३ मिनेटमा डार्विनले गोल गर्दै बेन्फिकालाई अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा राफाले गोल गर्दा बेन्फिको अग्रता दोब्बर भयो । खेलको ७९ औं मिनेटमा डार्विनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै बेन्फियालाई ३-० को जित दिलाए ।

यस जितसँगै समूह ई बेन्फिकाले २ खेलमा ४ अंक जोडेको छ ।

बेन्फिका दोस्रो स्थानमा रहेको छ । दोस्रो हार व्यहोरेको बार्सिलोना तालिकाको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?