ईपीएल : पोखराको जितमा ललितपुर ९ विकेटले पराजित

लोकपथ
7
Shares

काठमाडौं । पोखरा राइनोजले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित हात पारेको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जितहात पारेको हो ।

ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो । पोखराको जितमा रिचार्ड लेभीले अविजित रहदै ३८ रन बनाए । उनले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यस्तै रित गौतमले १२ रन बनाए । साहन अराचिगे १ रनमा अविजित रहे ।

ललितपुरका अज्मातुल्लाह ओमार्जाईले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो । वर्षाको कारण आउटफिल्ड भिजेको कारण दुई घण्टा भन्दा ढिला सुरु भएपछि खेल ७ ओभरको बनाइएको थियो ।

ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाए । ओशाडा फर्नान्डोले अविजित १० रन जोडे ।

नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रनमा आउट भए ।

पवन सर्राफले ५ रन जोड्दा अज्मातुल्लाह ओमार्जाईले १ रन बनाए । सन्दीप जोरा सुन्य रनमा आउट हुँदा राशिद खान सुन्य रनमा अविजित रहे ।

ललितपुरलाई सस्तैमा समेट्न पोखराका नन्दन यादवले ३ विकेट लिए । बिक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट लिए ।

यस जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अंक जोडेको छ ।

ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स-११ सँग पराजित भएको थियो । अंक विहीन ललितपुर पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?