काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले फराकिलो जित हात पारेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले एफसी पोर्टोलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
पोर्टोको मैदानमा लिभरपुलका लागि मोहमद सलाह र रोबर्टो फिर्मिनोले दुई दुई गोल गरे । साडियो मानेले एक गोल गरे । पोर्टोका लागि मेहदी तारेमीले एक गोल गरे ।
यस जितसँगै समूह बी को लिभरपुलले २ खेलमा ६ अंक जोडेको छ ।
लिभरपुल शीर्ष स्थानमा स्थानमा रहेको छ । पोर्टो १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया