पीएसजीमा मेस्सीको पहिलो गोल, सिटी पराजित

लोकपथ
672
Shares

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेस्सीले समान एक एक गोल गरे । पीएसजीमा आवद्धभएवछि मेस्सीको यो पहिलो गोल हो ।

Image

घरेलु मैदानमा इद्रिसाले आठौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको ७४ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

यस जितसँगै समूह ए को पीएसजीले २ खेलमा ४ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।

सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?