काठमाडौं । उदयपुरमा प्रहरीलाई हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिका-७ चुहाडे चोकमा ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका-८ बस्ने ३० वर्षीय भवानी चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ड्यूटीमा खटिएको प्रहरीलाई उनले अचानक हातपात गरेकोपछि उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया