काठमाडौं । रौतहटमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने विभिन्न सवारी साधनबाट बरामद गरिएको ३०० लिटर मदिरा ईलाका प्रहरी कार्यालय गरुडाले नष्ट गरेको हो ।
विभिन्न सवारी साधनबाट बरामद गरिएको मदिरा ईप्रका,आन्तरिक राजस्व चन्द्रपुरका प्रतिनिधि, पत्रकारहरुको रोहवरमा नष्ट गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख (डिएसपी) श्रीराम भण्डारीले जानकारी दिए ।
दसैँ तिहार नजिकिदै जाँदा रौतहटमा अवैध घरेलु मदिराको उत्पादन तथा बिक्री वितरणमा वृद्धि भएको डिएसपी भण्डारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया