काठमाडौं । रिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मेट्जलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
अच्राफ हाकिमीको दुई गोलमा पीएसजीले लिग वानमा लगातार सातौं खेलमा जित निकालेको हो । मोरक्कोका डिफेन्डर हाकिमीले पाँचौ मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए ।
मेट्जका कौयतले खेलको ३४औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । मेट्जका कप्तान डायलन ब्रोन दोस्रो हाफको इन्जुरी समयमा रातो कार्ड खादै मैदान बाहिरिएपछि १० खेलाडीमा सिमित बनेको थियो ।
नेयमारको पासलाई सदुपयोग गर्दै हाकिमीले खेलको अन्तिम समयमा पीएसजीलाई जित दिलाए ।
पीएसजी लियोनल मेस्सीबिना मैदान उत्रिएको थियो ।
पीएसजीले लिग वानमा ७ खेलमा जितसहित २१ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा छ । मेट्ज ३ अंकसहित तालिकाको पुछारमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया