काठमाडौं । सत्तारूढ गठबन्धनका तीन शीर्ष नेताबीच बिहीबार बिहान भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको हो ।
भेटवार्ताको क्रममा मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउने विषयमा छलफल भएको हो । प्रधानमन्त्री देउवालाई भेटेलगत्तै प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।
प्रचण्ड र नेपालबीच सिंहदरबारस्थित संसद् सचिवालय भवनमा भेटवार्ता भएको हो । भेटघाट मन्त्रिपरिषद् विस्तारका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धन दलहरूले सरकार गठनको करिब दुई महिना पुग्न लाग्दासमेत मन्त्रालयको भागबन्डा टुंगो लगाउन सकेका छैनन् । सत्ता गठबन्धनको बैठक दिनहुँजसो बसेपनि सरकार विस्तारमा सहमति जुट्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया