काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भदौ २४ गते बस्ने भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि अर्को बैठक भदौ २४ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले रसुवा बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
सरकारले सार्वजनिक बिदा तथा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेकाले प्रतिनिधिसभाको बैठक ६ दिनपछि बस्ने गरी स्थगित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया