काठमाडौं । गरिमा विकास बैंकले आफ्ना शेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ ।
बिहीबार साँझ बसेको बैंक संचालक समिति बैठकले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद तथा १० प्रतिशत बोनस शेयर गरि २० प्रतिशत लाभांस घोषणा गरेको हो ।
बैंक संचालक समिति ३५१ औँ बैठकले हाल कायम चुक्तापुँजी ६ अर्व २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रूपैया २२ पैसाको कुल २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाबाट पारित प्रश्चात वितरण गरिने बैंकले जनाएको छ ।
लाभांश वितरण प्रश्चात बैंकको चुक्ता पुँजी अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय तीन रूपैयाँ पुग्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया