काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा समितिका सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आगामी मंसिरमा समानान्तर महाधिवेशन गर्ने कार्यतालिका ल्याउने तयारी गरिरहेका बेला अनुशासन समितिको बैठक बोलाइएको हो ।
देउवा समूहले समानान्तर महाधिवेशनको तयारी अघि बढाइरहेका बेला बस्न लागेको अनुशासन समितिको बैठकलाई पार्टीभित्र चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया