काठमाडौं । रसुवागढी बाढीमा हालसम्म १ हजार २ सय ५९ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै सो विषयमा जानकारी दिएको हो । भेटिएकामध्ये ९५ शव मात्रै सनाखत भएर सम्बन्धित परिवारलाई बुझाइएको छ ।
प्राधिकरणका अनुसार कतिपय शवको पूरा सग्लो भाग देखिएको छैन, कतिपयको आधा अंग मात्रै समेत संकलन गरिएको छ ।
सरकारी तथ्यांक अनुसार ५ हजार ८३ जना सम्पर्कविहीन भएको सूचीमा रहेका छन् । साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले उद्धारको कामलाई निरन्तरता दिइएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया