काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदरावाद हाउसमा भेटवार्ता भएको छ । ओली र मोदीसहित दुबै देशका सरकारी प्रतिनिधिमण्डलस्तरीय औपचारिक द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा–नेपाल भारतबीच सदियौंदेखि कायम रहेको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध थप मजबुद बनाउने विषयमा छलफल भएको भारतीय विदेशमन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीटरमार्फत जानकारी दिएका छन् । यसअघि शुक्रबार साँझ पनि ओली र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । तीन दिने भारत भ्रमणको सिलसिलामा ओली शुक्रबार भारत भ्रमण गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया