काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्यान्ड्समा विष्णु पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
नेदरल्यान्ड्समा एनआरएनएभित्र देखिएको संस्थागत विवाद र केन्द्रमा लामो समयदेखि जारी विवादको पृष्ठभूमिमा विशेष साधारण सभा आयोजना गरिएको थियो । विशेष साधारण सभाले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा विष्णु पोखरेल चयन भएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा हिमाल ओझा र पेमा लामा चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा अमित कार्की, प्रेम पुन, आशा राजक र ध्रुव न्यौपाने चयन भएका छन् । युवा उपाध्यक्षमा अनिल कार्की र महिला उपाध्यक्षमा अम्बिका गिरी चयन भएका छन् ।
महासचिवमा पुण्यप्रसाद वस्ती, सचिवमा सन्दीप सिंह बस्नेत, कोषाध्यक्षमा सन्दीप विश्वकर्मा र सह–कोषाध्यक्षमा काजी कटुवाल चयन भएका छन् ।

युवा संयोजकमा आशिष उपाध्याय र महिला संयोजकमा सुजाता शाक्य बिष्ट चयन भएका छन् ।
कार्यसमिति सदस्यमा अमिर गुरुङ, डम्बर कोइराला, अनिल पाण्डे, सुरेन्द्र पराजुली, प्रबिन केसी, सरु श्रेष्ठ, निरज गुरुङ र चन्द्रबहादुर क्षेत्री चयन भएका छन् ।
नयाँ कार्यसमितिको प्रवक्ताको जिम्मेवारी उपाध्यक्ष अमित कार्कीलाई दिइएको छ ।
विशेष साधारण सभामा सहभागीहरूले एनआरएनएलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने र विगतमा देखिएका असमझदारीलाई समाधान गर्दै नेपाली समुदायको साझा संस्थाका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।
विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएसँगै अब एनआरएनए नेदरल्यान्ड्सको नियमित गतिविधि नयाँ नेतृत्वमार्फत अघि बढ्ने अपेक्षा गरिएको बताइएको छ ।
नयाँ कार्यसमितिले नेदरल्यान्ड्समा रहेका नेपाली समुदाय, विभिन्न नेपाली संघसंस्था तथा एनआरएनएको अन्तर्राष्ट्रिय संरचनासँग समन्वय गर्दै आगामी गतिविधि सञ्चालन गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया