कांग्रेसले खड्काको सम्मानमा ७ दिन आधा झण्डा झुकाउने

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनको शोकमा पाँच दिन पार्टीले कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले खड्काको निधनले कांग्रेस र देशलाई अपूरणीय हानि भएको ठहर गरेको छ ।बैठकले खडुकाप्रति उच्च सम्मान प्रकट गर्दै ५ दिन अर्थात चैत २२ गतेसम्म कार्यदल बन्द गर्ने र औपचारिक कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको छ ।त्यस्तै पार्टी ७ दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ । साथै १३ औं दिनका दिन केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गरिनेछ ।भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा शुक्रबार खड्काको निधान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?