काठमाडौँ, १७ चैत । निर्वाचनको समीक्षा गर्न यही चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ ।पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको असामयिक निधन भएकामा उहाँप्रति सम्मान प्रकट गर्दै भोलिका लागि निर्धाति बैठक स्थगन भएको हो ।पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज राति नेता खड्काको शव राजधानी ल्याइनेछ भने भोलि बिहान ९ बजेसम्म सानेपास्थित उनकै निवासमा राखिनेछ । बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ । अपराह्न १ बजेपछि नेता खड्काको आर्यघाटतर्फ शवयात्रा प्रारम्भ हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया