काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एउटा ‘अपराधी’लाई अर्कोले ‘अपराध’को आरोप लगाइरहेको भन्दै कटाक्ष गरेका छन् ।
प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मतमाथि छलफल भइरहँदा मिश्रले यस्तो टिप्पणी गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “एउटा यस्तो सिनेमा हेर्दैछु, जहाँ एउटा ‘अपराधी’ले अर्को ‘अपराधी’लाई पालैपालो ‘अपराध’को आरोप लगाइरहेछन् । र, म दर्शकका रूपमा मनोरञ्जन लिइरहेछु । तर विडम्वना के भने, मजस्ता दर्शकले मनोरञ्जन लिएसम्म यस्ता सिनेमा बनि नै रहने छन् । र, म हेरिनै रहेको हुनेछु । यो विडम्वनालाई कसरी तोड्ने होला ?”
अहिले प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिईरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया