काठमाडौं । राष्ट्रिय सभा सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीको सपथ लिने भएका छन् ।
आइतवार (आज) राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनको गृहमन्त्री पद समेत रद्ध भएको छ ।
त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एमालेको तर्फबाट गृहमन्त्रीमा पुननिर्युक्त सिफारिस गरेका छन् ।
त्यस्तै आज नै गृहमन्त्री थापाले राष्ट्रपति निवास शीतलनिवासमा साँझ ५ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
माओवादी केन्द्रबाट निर्वाचित गृहमन्त्री थापालाई पार्टीले कारबाही गरेको थियो ।
पार्टी पूर्ववत् रुपमा फर्किएपनि उनी एमाले मानै बसेकाले माओवादी केन्द्रलाई कारबाही गरेको हो ।
सांसद नभएका व्यक्ति ६ महिनाको लागि मन्त्री बन्न पाउने कानूनी व्यवस्था अनुसार गृहमन्त्री थापा पुनः गृहमन्त्रीको रुपमा सपथ ग्रहण गर्न लागेका हुन् ।
यो पनि
आजबाट गृहमन्त्री थापा पदमुक्त (पत्रसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया