आजबाट गृहमन्त्री थापा पदमुक्त (पत्रसहित)

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादल आइतवार (आज) बाट पदमुक्त भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट चयन भएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उनलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो ।

राष्ट्रियसभामा केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गरेको तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/04/ram-bahadur-thapa-badal.pdf” title=”ram bahadur thapa badal”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?