राजधानीको नयाँ बसपार्क क्षेत्रबाट आपराधिक कार्यमा संलग्न ३ जना पक्राउ

काठमाडौं । प्रहरीले राजधानीको नयाँ बसपार्क क्षेत्रबाट आपराधिक कार्यमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भइ बूढानीलकण्ठ बस्ने निमा लामा, नुवाकोट घर भएका प्रकाश तामाङ र धादिङ घर भएका विनोद लामा रहेका छन् ।

आइतवार राति उनीहरुले होहल्ला गरी साधारण मानिस, महिला तथा बालबालिकाहरुलाई अश्लील गालीगलौज तथा डर, त्रास धाकधम्की दिई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

यससम्बन्धी सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?