‘डढेलो नियन्त्रण गर्न सबै एकजुट होऔं’- राष्ट्रपति भण्डारी

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर वायु प्रदूषण बढेकामा चिन्ता प्रकट गरेकी छन्।

राष्ट्रपति भण्डारीले बिहीवार सामाजिक सञ्जालमार्फत डढेलोका कारण वायु प्रदूषण बढेकाले यसको नियन्त्रणमा लाग्न जनप्रतिनिधि, विज्ञलगायत सबैलाई आह्वान गरेकी हुन्।

‘जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो‚ औद्योगिक र सवारी साधनको धुवाँ‚ धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय हो,’ राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि पहल गर्न सबै तहका जनप्रतिनिधि‚ विज्ञ तथा प्रकृतिप्रेमी सबैमा आह्वान गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?