ईलाम । जिल्लाको रोङ गाउँपालिका ३ मार्से कि ४८ वर्षीया मन माया राईको आगोले जलेर मृत्यु भएको छ ।
सोमवार दिउँसो ११ बजे उनी आफनै भान्सा कोठामा चिया लिन जाने क्रममा गाईको खोले पकाउने चुलोमा उनले लगाएको कटनको कपडामा आगो सल्किएको थियो ।
आगोले शरीरका विभिन्न भागका पोली घाईते उनको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड झापा लगिएको थियो ।
बिर्तासिटी अस्पतालमा उपचार हुन नसकेपछि सवा ९ बजे नै थप उपचारको लागि मेचि अञ्चल अस्पताल भद्रपुरमा लगिएको तर उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया