काठमाडौं । नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ फागुन १९ गते बुधवारदेखि शुरु हुने भएको छ। फागुन २७ गते महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा जंगी अड्डामा सेनाले तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ संचालन गर्न लागेको हो ।
सम्मेलनमा पृतनापतिहरुबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदनका साथै जंगी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणको क्षेत्रमा भए गरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण हुने सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया