रविसँगको भेटपछि छुट्टै छलफलमा जुटे विपक्षी दलहरु

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा जुटेका छन् ।

रास्वपाले अघि सारेको प्रस्तावमाथि साझा धारणा बनाउने उद्देश्यसहित विपक्षी दलहरू आन्तरिक छलफलमा बसेका हुन् ।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू सहभागी रहेको जनाइएको छ ।

प्रधानमन्त्रीको स्पष्टीकरण माग गर्दै विपक्षीहरुले निरन्तर संसदमा अवरोध गरेपछि रविले विपक्षी दलहरुसँग भेटघाट गरेका हुन् ।

तर विपक्षीहरुले प्रधानमन्त्री बालेनले संसदमा आएर सम्बोधन गर्नुपर्ने अडान कायम राखेका छन् ।

जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमी मिचेको अभिव्यक्ति दिएसँगै विपक्षीहरुले त्यसबारे धारणा माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?