काठमाडौं । विवादित व्यापारीहरु दीपक भट्ट, सुलभ अग्रवाल लगायत ३४ जनाविरुद्ध आजै (बिहीबार) मुद्दा दर्ताको तयारी गरिएको छ ।
हिमालयन रि इन्स्योरेन्स लिमिटेडको ठूलो रकम हिनामिना तथा सम्पत्ति शुद्धीकरणको आरोपमा उनीहरुविरुद्ध मुद्दाको तयारी गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दायरको तयारी गरिएको हो ।
स्रोतबाट लोकपथलाई प्राप्त जानकारी अनुसार मुद्दा दायर हुनेमा दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवालसहित ३४ जना व्यक्ति र २ कम्पनी रहेका छन् ।
मुद्दा दायर हुन लागेको दुई कम्पनीमा भृकुटी स्टक ब्रोकिङ कम्पनी र दिपक भट्टको लगानी रहेको इन्फिनिटी होल्डिङ रहेका छन् । त्यस्तै सम्पत्ति जफतका लागि ३ कम्पनीविरुद्ध समेत मुद्दा दायर गर्न लागिएको हो ।
स्रोतका अनुसार भट्टमाथि २२ अर्ब भन्दाब ढी र सुलभ अग्रवालमाथि २१ अर्ब भन्दा बढीको बिगो कायम गरी मुद्दा दायर गर्न लागिएको हो ।
यो पनि…
हिमालयन रिइन्स्योरेन्स घोटाला प्रकरणमा ४० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, झण्डै ४ अर्ब दुरुपयोग !
हिमालयन लाइफका सीईओ पनि ‘हिमालयन रि’ अनियमिततामा संलग्न, २५ करोड बढी दुरुपयोग !
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर नहुँदा बीमा ऐनसम्बन्धी कसुरको मुद्दा ‘होल्ड’मा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया