दिपक भट्ट, शेखर गोल्छा र सुलभ अग्रवासहितसहित ८१ जनाविरुद्ध मुद्दा दायर

लोकपथ
161
Shares

काठमाडौं । विवादित व्यवसायी एवं विचौलिया दिपक भट्ट, व्यवसायी शेखर गोल्छा र सुलभ अग्रवालसहित ८१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

बिहीबार नेपाल धितोपत्र बोर्डको जाहेरी र प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दायर भएको हो ।

इन्फिनिटी होल्डिङ्सका सञ्चालक दिपक भट्ट, हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शुलभ अग्रवाल, हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छासहित ८१ जना उच्च घरानाका व्यवसायी तथा बीमा कम्पनीका सञ्चालकहरूलाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता गरिएको हो ।

प्रतिवादीहरूमाथि संगठित रूपमा सेयर बजारमा अप्राकृतिक हस्तक्षेप गरी, एउटै समूहबिच सेयर घुमाएर कृत्रिम तथा झुठो कारोबार खडा गरेको र सर्वसाधारण लगानीकर्तालाई भ्रममा पारेको आरोप छ ।

उक्त मुद्दाको प्रतिवादीहरुमा दीपक भट्ट, शेखर गोल्छा सुलभ अग्रवालसहित ऋषिराज मोर, रोहित गुप्ता (फरार), शुभी अग्रवाल, राजबहादुर शाह, सन्दिप चाचन अग्रवाल, आशिष श्रेष्ठ, मृगेन्द्रनाथ रिमाल लगायत ८१ जना प्रतिवादी रहेका छन् ।

भट्टले सरकारी वकीलको कार्यालयलाई दिएको बयानमा इन्फिनिटी होल्डिङ्स प्रालि आफ्नो एकल नाममा रहेको र उक्त कम्पनीको चुक्ता पुँजी ४८ करोड रहेको उल्लेख गरिएको छ । साथै हिमालयन रि–इन्स्योरेन्समा इन्फिनिटी होल्डिङ्स प्रालिको ४ दशमलव ५ प्रतिशत शेयर रहेको बताएका छन् ।यसैगरी दुई वटा माइक्रो इन्स्योरेन्स नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन लाइफ इन्स्योरेन्स कम्पनीमा १५–१५ प्रतिशत शेयर रहेको खुलाएका छन् । यता हिमालयन ईन्भेष्टमेन्ट बैंकर लिमिटेडमामा आफ्नो श्रीमतीको नाममा शेयर रहेको तर कति रहेको आफूलाई एकिन नभएको बताएका छन् । साथै आफूले शेयर कारोबारका लागि भृकुटी स्टक ब्रोकिङ प्रालि (ब्रोकर नं ५५) मा एउटा मात्र खाता रहेको उल्लेख गरेका छन् । तर आफूले उक्त कारोबारको लागि कुनै पनि खाता प्रयोग नगरेको बयानमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?