काठमाडौं । कैलालीका गोदावरी नगरपालिका–५ का व्यापारी शिवचरण राना मृत फेला परेका ४ दिनसम्म पनि हत्याराको पहिचान खुल्न सकेको छैन् । गत फागुन १५ गते उनी घर नगएपछि उनकी पत्नी सुगुनी उनको खोजीमा निस्किएकी थिइन् । गेटा मेडिकल कलेज नजिकै निर्माणाधीन नालामा उनको शव भेटिएको थियो ।
‘घटना अनुसन्धान भइरहेको छ । हत्यामा संलग्नताको आशंकामा धेरै जनासँग अनुसन्धान गरिरहेका छौँ । हत्यारा छिट्टै पत्तला लगाउछौँ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले लोकपथलाई बताए ।
‘हामीले अनुसन्धानमा तालिम प्राप्त कुकुर पनि परिचालन गरेका छौँ । अनुसन्धान भइरहेको छ ।’ डिएसपी विष्टले भने ।
मृतकका परिवारले हत्यामा संलग्न पत्ता नलगाएसम्म शव जिम्मा नलिने अडान राखेका छन् । शिवचरणको शव सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया