काठमाडौं । सिद्धार्थ बैंकले दशैँको अवसरमा नयाँ तथा सुकिला नोट सटही सुविधा सुरु गरेको छ ।
बैंकले हिजो (असोज २६ गते) देखि आफ्ना विभिन्न शाखा कार्यालयमार्फत ग्राहकलाई नयाँ तथा सुकिला नोट सटही गर्ने सुविधा उपलब्ध गराएको हो ।
बैंकका अनुसार ग्राहकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सुकिला नोट साट्न सक्नेछन् ।
दसैँमा टीका लगाउँदा दक्षिणा दिन नयाँ नोटको प्रयोग गर्ने चलन रहेकाले ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकले नोट सटही सेवा उपलब्ध गराएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया