काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले पार्टीले जेनजीको भावना बोकेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार आफूलाई निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दैै उपसभापति चौधरीले राजनीतिका विभिन्न कालखण्डमा पार्टीले गरेका परिवर्तनहरुको चर्चा गरे । साथै भदौ २३ र २४ को जेनजी आन्दोलनको मर्मबारे पार्टीले चासोका साथ काम गर्नुपर्ने बताए ।
‘यदी ती जेनजी युवायुवतीहरुले कल्पना गरेको जस्तो देश नेपाल हामीले बनाउन सकेनौँ भने र पार्टीलाई पनि रोजगारीदेखि लिएर खुला रुपले काम गर्न सक्ने बिना कुनै झण्झट ब्यूरोक्रेसी, करप्सन र रेक्टिपिजम बिना काम गर्ने वातावरण बनाएको एउटा मुलुकमा रुपमा टेक्नोलोजी ओरियन्टेड परिवर्तन आवश्यक छ,’ नेता चौधरीले भने ।
नेता चौधरीले सम्बोधनका क्रममा जेनजी आन्दोलन र जेनजी युवायुवतीहरुको भावनाबारे बढी जोड दिएका छन् ।
जेनजी आन्दोलन खाली युवायुवतीहरुको पीडा मात्र नभएर समाजकै उत्पीडन रहेको बताए । देशमा हरेक क्षेत्रमा चरम राजनीतिकरण भएको उल्लेख गर्दै उनले अबको ध्यान आर्थिक विकासमा हुनुपर्नेमा जोड दिए ।
‘जेनजीको मुभमेन्ट खाली युवाहरुको पीडा मात्र थिएन । यो एउटा समाजकै उत्पीडन थियो । देभ भित्र र देश बाहिर रहेका सबैको परिवर्तनको चाहना थियो । देशमा राजनीति धेरै भयो, अबको हाम्रो सबैभन्दा ठूलो प्राथमिकता आर्थिक
रुपान्तरण नै हो,’ उनले भने ।
उनले कांग्रेसको १५औँ महाधिवेशनलाई इतिहासकै महत्वपूर्ण मोड भनेका छन् । आफू लामो समय राजनीतिक रुपमा सक्रिय रही विधायकी भूमिका निर्वाह गरेको अनुभव रहेको स्मरण गराउँदै अहिले राजनीतिक जीवनकै महत्वपूर्ण मोडमा आफू उभिएको बताए ।
‘यो मेरो जीवनको अत्यन्त महत्वपूर्ण मोड हो । सक्रिय रुपमा राजनीतिका विभिन्न भूमिकामा विगत २०६४ सालदेखि रहेता पनि संविधान सभामा म प्रो बिजनेस, लिबरल इकोनोमी, इन्भेष्टमेन्ट, राइट टू परपर्टी र राइट टू वेल्थलाई प्रोटेक्ट गर्ने संविधान बनोस् भन्ने कार्यमा लागेँ ।
त्यसपश्चात राजनीतिलाई थप बुझ्नका लागि र राजनीतिमा आफ्नो भूमिकालाई ग्रास रुटसम्म, जनतासँग जनताको घरदैलोमा जोड्नका लागि स्थानीय निर्वाचनको माध्यमबाट र संगठनमा आफ्नो उपस्थितिको माध्यमबाट म केन्द्रीय सदस्यमा निर्वाचित भएँ,’ उनले भने ।
यसैगरी नेता चौधरीले पार्टीले समयको माग अनुसार काम गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया