भोटेकोशी बाढी प्रभावित ऋणीले असोजमा तिर्नुपर्ने ऋणको किस्ता पुससम्म तिर्न सक्ने

लोकपथ
0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित ऋणीले ऋणको किस्ता तिर्न थप समय पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बाढीबाट प्रभावित भई ऋणको किस्ता तिर्न कठिनाइ भएका ऋणीलाई असोज मसान्तमा तिर्नुपर्ने किस्ता पुस मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

निर्देशनअनुसार ऋणीको वित्तीय अवस्था, आयात तथा निर्यातमा परेको असर र कर्जाको सदुपयोगिताको यथार्थपरक विश्लेषण गरेर किस्ता तिर्न कठिनाइ भएका ऋणीलाई यस्तो सुविधा दिन सकिनेछ ।

राष्ट्र बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई २०८३ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ताको समयावधि पुस मसान्तसम्म थप गर्न सक्ने व्यवस्था गरेको छ ।

यस व्यवस्थाले बाढीबाट प्रभावित भई आर्थिक समस्यामा परेका ऋणीलाई ऋणको किस्ता भुक्तानी गर्न थप समय उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?