बालकुमारीमा एक जना मृत अवस्थामा फेला

काठमाडौं । ललिपुरको बालकुमारीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

बिहीवार (आज) बिहान साँढे ८ बजेको समयमा ती व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती व्यक्ति सडक किनारको रेलिङमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मृत भेटिएका व्यक्तिको पहिचान भइनसकेको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?