काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ ।
सोमवार र बिहीवार नियमित रुपमा मन्त्रिपरिषद् बैठक बस्दै आएको छ । तर यो हप्ता हिजो (सोमवार) बैठक नबसेर आज मंगलवार बस्न लागेको स्रोतले जनाएको छ । स्रोतले दिएको जानकारी अनुसार आजको बैठकमा कोरोनाको उपचार आफैँ गर्नुपर्ने भन्ने सरकारको निर्णय पुनर्विचार हुनसक्ने छ । त्यस्तै आजको बैठकमा अन्य केही महत्वपूर्ण निर्णय हुनसक्ने समेत स्रोतको दाबी रहेको छ ।
सरकारले आम नागरिकहरुलाई कोरोनाको उपचार आफैँ गर्नको लागि भनेको छ । उक्त सरकारको निर्णयमा यतिबेला देशभर विरोध भइरहेको छ । त्यसैले आजको बैठकमा उक्त निर्णय पुनर्विचार एवम् फिर्ता हुनसक्ने स्रोतको दावी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया