उपसभामुखमा तुम्बाहाम्फे र भुषालबीच प्रतिश्पर्धा हुने

काठमाडौं– प्रतिनिधिसभाको उपसभामसुखका लागि एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्मा भुसालबीच प्रतिश्पर्धा हुने भएको छ ।बिहीबार काँग्रेसका तर्फबाट भुषालले र एमालेका तर्फबाट तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गराएका हुन् । तर, तुम्बाहम्फेको पक्षमा प्रष्ट बहुमत देखिएको छ ।उपसभामुखको निर्वाचन शुक्रबार हुदैछ ।यसअघि सभामुखमा कृष्णबहादुर महरालाई समर्थन गरेको काँग्रेसले पनि उपसभामुख आफूले पाउनु पर्ने बताएको थियो भने सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरमले पनि उपसभामुख आफुले पाउनुपर्ने माग गरेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन फोरमले तीन मन्त्रालयसहित उपसभामुख पद मागेको थियो ।यसअघिको एमाले माओवादीसहमति अनुसार सभामुख माओवादी र उपसभामुख एमालेले लिने सम्झौता भएको थियो । माओवादीबाट कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो ।एमालेबाट उम्मेदवारी दिएकी तुम्बाहाम्फे समानुपातिक कसांसद हुन् ।यसैवीच संविधानमा सभामुख र उपसभामुख फरक पार्टी र फरक लिङगको हुनुपर्ने व्यवस्था छ ।एमाले र माओवादी पार्टी एकीकरण हुने तयारी भएकाले पनि यो पद एमालेले केही महिनापछि अर्को दललाई छोड्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?