प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा विश्वासको मत लिँदैछन् ।प्रधानमन्त्री पदमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा रहेका सांसदहरुले आफ्ना मत व्यक्त गर्नेछन् ।ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २७५ सांसदमध्ये कम्तीमा २०९ सांसदको समर्थन जनाउने देखिएको छ भने दुईतिहाइका लागि १८२ मत आवश्यक पर्छ ।ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, राप्रपा र स्वतन्त्र सांसदहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?