काठमाडौं, २७ फागुन । नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आइतबार बस्दैछ ।पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक दिउँसो १२ः३० बजेपछि बस्ने छ । बैठकलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा सम्बोधन गर्नेछन् ।प्रधानमन्त्री ओलीले आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेकाले दुवै दलका सांसदहरुलाई पक्षमा मत व्यक्त गर्न बैठकले निर्देश गर्ने माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।एमालेका १२१ र माओवादी केन्द्रका ५३ सांसद छन् ।आइतबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची छ । ओलीको पक्षमा दुई तिहाइभन्दा बढी सांसद रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया