कम्युनिष्ट पार्टी स्थापनाकै दिन एकीकरण हुन्छः श्रेष्ठ

काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले ल्याएको पूर्ण उपलब्धिसँगै पार्टी एकीकरण अन्तिम विन्दुमा पुगेको बताएका छन् ।उनले कम्युनिष्ट पार्टी नेपालमा स्थापना भएकै दिन एकताले पूर्णता पाउने समेत बताए ।गोर्खा काठमाडौं जनसांस्कृतिक मञ्च र सहिद लखन गाउँपालिका काठमाडौं जनसम्पर्क मञ्चको संयुक्त आयोजनामा भएको ‘प्रतिनिधि सभा एवं प्रदेश सभामा विजयीहरुलाई शुभकामना’ कार्यक्रमका प्रमुख अतिथि नेता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन सन् १९४९ २२ अप्रिल भन्दा अघि वा सोही दिन पार्टी एकीकरण हुने बताएका हुन् ।कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा विजयी वाम गठबन्धनका उम्मेदवार हरि अधिकारी र समानुपातिकतर्फका चुडमणि खड्काको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?