रेशम चौधरीको जीवन रक्षाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र , होलान् त रिहा ?

गगन अयडीधनगढी, फागुन २५–कैलाली कारागारमा आमरण अनसन सुरु गरेका रेशमलाल चौधरीको जीवन रक्षाको माग गर्दै मुख्यमन्त्री तथा प्रदेश प्रमुखलाई थरुहट संघर्ष समितिले आज ज्ञापनपत्र बुझाएको छ ।जिल्ला कारागार कैलालीभित्र ६ दिनदेखि आमरण अनसनमा बसेका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीसहितका बन्दीहरुको स्वास्थ्यमा समस्या देखिएको भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि कारागार प्रशासनले आज दिउ“सो सेती अञ्चल अस्पतालमा पु¥याइएपनि उनले उपचार गर्न मानेनन् ।६ दिनदेखि आमरण अनसन बसेका सांसद रेशम चौधरीलगायतका बन्दीहरुको स्वास्थ्यमा समस्या देखिएपछि थरुहट संघर्ष समितिले प्रदेश सातका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।बन्दीहरुले कारागार भित्रै स्वास्थ्य चेकजा“चको व्यवस्था गर्नुपर्ने भन्दै अस्पतालमा चेक गराउन नमानेपछि थरुहट संघर्ष समितिले पनि ज्ञापनपत्र बुझाउदै कारागारमै चेकचाजको व्यवस्था गर्नुपर्ने र सांसद चौधरीको सपथको व्यवस्था गर्नुका साथै बन्दीहरुलाई रिहाई गर्नुपर्ने माग गरेको छ ।ज्ञापनपत्र बुझाए पश्चात बोल्दै प्रदेश सांसद मालामती रानाले माग सम्बोधनका लागि पहल गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरिन् ।चौधरीसंगै पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका टीकापुर घटनाका २४ अभियुक्त पनि अनसनमा बसेका छन् । थारुहट संघर्ष समितिका प्रवक्ता माधव चौधरीले थरुहरुको मागसहित अनसनरतहरुको जीवन रक्षाका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्ने थरुहट थारुवान संर्घष समिति कैलालीका प्रवक्ता माधब चौधरीले बताए ।थरुहट थारुवान संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यस बिषयमा केन्द्र सरकारसंग आग्रह गर्ने बताए ।उनले थारु अगुवाहरुलाई सामाजिक सद्भावका लागि सचेत रहनसमेत आग्रह गरे ।थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ८ जना सुरक्षाकर्मी र एक बालक मारिएका थिए ।उक्त घटनामा संलग्न भएको अभियोगमा रेशम चौधरीसहित ५६ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी मुद्दा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?