सभामुख पदका लागि कृष्णबहादुर महराद्वारा उम्मेदवारी दर्ता

काठमाडौं, २५ फागुन । प्रतिनिधिसभाको सभामुखमा नेता कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् ।माओवादी केन्द्रले शुक्रबार बिहान महरालाई सभामुखको उम्मेदवारी बनाउने निर्णय गरेको थियो ।महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् ।सभामुख उम्मेदवारी दर्ताका लागि शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?