काठमाडौं, २२ फागुन । फेसबुकको विवादले काठमाडौंमा एक विद्यर्थीको हत्या भएपछि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।काठमाडौंको गंगबुस्थित गणेश हिमाल बोडिङ स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी कुमार सूचीकार वर्देवाको साथीहरुले नै हत्या गरेका हुन् ।यसअघि २७ माघमा तारकेश्वर नगरपालिका–४, फूलबारीमा उनलाई बेहोस अवस्थामा फेला पारिएको थियो । त्यसलगत्तै, उपचारका लागि वीर अस्पताल लगिए पनि उपचारका क्रममा दुई दिनपछि मृत्यु भएको थियो ।उनको हत्या आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । विद्यार्थीले बनाएको फेसबुक ग्रुपका विषयलाई लिएर विवाद बढ्दै जाँदा वर्देवालाई कुटपिट गरी हत्या गरिएको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया