काठमाडौं । अमेरिकी खेलाडी सेरेना विलियम्सले आफ्नै दिदिलाई पराजित गर्दै टप सिड ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
लेक्सिनटनमा बिहीबार राति भएको खेलमा दिदि भेनस विलियम्सलाई हराएर सेरेना अन्तिम आठमा पुगेकी हुन् ।
पूर्व विश्व नम्बर एक समेत रहेकी सेरेनाले पहिलो सेट ६-३ ले गुमाएकी थिइन् । तर, दोस्रो सेट ६-३ र तेस्रो सेट ६-४ ले आफ्नो बनाउदै सेरेनाले अन्तिम आठको यात्रा गरेकी हुन् ।

२३ पटकको ग्राण्डस्लाम च्याम्पियन सेरेनाले अन्तिम आठमा शेल्बी रोजर्स र एनी फर्नान्डेजबिचको विजेतासँग खेल्ने छिन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया