लाइपजिग च्याम्पियन्स लिगको सेमिफाइनलमा, एट्लेटिको मड्रिड स्तब्ध !

काठमाडौं । एट्लेटिको मड्रिडको च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गर्ने सपनामा पुणविराम लागेको छ । एट्लेटिको मड्रिडलाई पराजित गर्दै आरबी लाइपजिग च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार राति भएको खेलमा लाइपजिगले एट्लेटिकोलाई २–१ गोल अन्तरले पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिग फुटबलको अन्तिम ४ मा प्रवेश गरेको हो ।

लाइपजिगले अब सेमिफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग प्रतिस्पर्धा गर्नेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?