काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा रियललाई २–१ गोल अन्तरले परासजत गर्दै सिटीले अन्तिम ८ मा प्रवेश गरेको हो । रियलको घरेलु मैदानमा भएको पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो ।

खेलको नवौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा करिम बेन्जिमाले हेड गोलमार्फत खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा राफेल भारानेको गल्तीमा ग्याब्रियल जिससले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए ।

सिटीले क्वार्टरफाईनलको खेलमा लियोनसंग अगष्ट १५ मा प्रतिस्पर्धा गर्नेछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया