कोरोनालाई लिएर नयाँ खुलासा ! आठ हप्ता पछि हुन्छ यस्तो असर !

काठमाडौं । कोरोना भाइरसको महामारी दिनदिनै बढ्दै गईरहेको छ । वैज्ञानिकहरु यसको बारेमा दिनदिनै नयाँ नयाँ शोध गरिरहेका छन् ।

साथै कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् ।

यसैबीच कोरोना भाइरसले हरेक दिन आफ्नो लक्षण बदली रहेको छ । हालै मात्रबेलायतको म्यान्चेस्टरमा गरिएको एक अध्ययनले कोरोनाका कारण सुन्न सक्ने क्षमतामा कमी आउने गरेको पाइएको पत्ता लागेको छ ।

अर्थात् कोरोना भाइरसले बहिरो बनाउन सक्ने शोधबाट पत्ता लागेको हो । ८ मध्ये एकलाई कान सुन्न नसक्ने हुन सक्ने कुरा अध्ययनबाट पत्ता लागेको छ ।

यो शोध १२१ जनामा गरिएको थियो । यूनिभर्सिटी अफ म्यान्चेस्टरका ओडियोलोजिस्टले यसको अध्ययन गरेका थिए । साथै अध्ययनबाट यो कुरा पत्ता लागेको छ कि, संक्रमित बनेको आठ हप्ता पछि सुन्न सक्ने क्षमतामा कमी हुने कुरा पत्ता लागेको छ ।

१२१ जना मध्ये १६ जनाले अस्पतालबाट डिस्चार्ज भएको ८ हप्ता पछि श्रवाणशक्ति कम भएको बताएका थिए, ति मध्ये ८ जना भने सुन्नै नसक्ने भएको शोधमा पत्ता लागेको थियो ।

यस अध्ययनका शोधकर्ता केभिन मुनरोले भने, ‘कोरोनाबाट श्रवणशक्तिमा समस्या भएको पत्ता लागेको छ,विशेषगरेर कानको मध्य भागमा, त्यसैले यसबाट बचेर बसौँ । यसको परिणाम गम्भीर हुन सक्छ ।’

एजेन्सीको सहयोगमा

महामारी विशेषज्ञ डा. फाउचीले तोके कोरोना ‘भ्याक्सीन’ आउने मिति

कोरोना संक्रमित ‘जर्मन शेफर्ड’को मृत्यु, अहिलेसम्म कति जनावरलाई भयो कोरोना ?चीनले लद्दाखमा सैन्य शक्ति बढाएपछि भारतमा तरङ्ग !भारतले भित्र्यायो राफेल, चीनले बनायो डरलाग्दो युद्धपोत !

के पानीमा मर्छ कोरोना ? रुसका वैज्ञानिकले गरे यस्तो दाबी !

कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो

रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?

चीनले यसरी लियो अमेरिकासँगको बदला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?