चीनले लद्दाखमा सैन्य शक्ति बढाएपछि भारतमा तरङ्ग !

काठमाडौं । लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा चीनले आफ्नो सैन्य शक्ति बढाएपछि भारतमा तरङ्ग पैदा भएको छ ।

विवादित क्षेत्र लद्दाखमा चीनले आफ्नो सैन्य शक्ति बढाएसँगै भारतमा तरङ्ग पैदा भएको हो ।

लद्दाखको प्यान्गंगमा चीनले नयाँ क्याम्प बनाउन शुरु गरेको हो । साथै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँ अतिरिक्त सैनिक तैनाथ गर्ने चीनको योजना रहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भने त्यहाँ चीनले सैन्य शक्ति बढाउनको लागि क्याम्ब बनाउन शुरु गरेको छ ।

२९ जुलाईमा स्याटेलाइटको फोटोमा यस्तो दृश्य देखिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?