के पानीमा मर्छ कोरोना ? रुसका वैज्ञानिकले गरे यस्तो दाबी !

काठमाडौं । कोरोनाबाट बच्नको लागि सरसफाई गर्न र हात बारम्बार धुन डाक्टरहरुले अनुरोध गर्दै आईरहेका छन् ।

कोरोना भाइरस सम्बन्धी हरेक दिन जसो नै विभिन्न नयाँ शोध भईरहेका हुन्छन् । यसैबीच रुसका वैज्ञानिकहरुले एक दाबी गरेका छन् ।

उनीहरुले पानीमा कोरोना भाइरस नष्ट हुने दाबी गरेका हुन् । यो स्टडी स्टेट रिसर्च सेन्टर अफ भायरोलोजी एण्ड बायोटेक्नोलाजेी वेक्टरद्वारा गरिएको हो ।

स्टडीमा वैज्ञानिकहरुले पानीमा पुरा किसिमले कोरोना नष्ट हुने दाबी गरेका हुन् । ७२ घण्टामा पानीमा कोरोना भाइरसको संक्रमण नष्ट हुने उनीहरुले बताएका हुन् ।

स्टडीका अनुसार भाइरसको रुप पानीको तापक्रममा निर्भर रहने पनि पत्ता लागेको छ । वैज्ञानिकले ९० प्रतिशत भाइरसका काण २४ घण्टामा र ९९.९ प्रतिशत कण सामान्य तापक्रममा नष्ट हुन्छन् ।

स्टडीका अनुसार उम्लिरहेको पानीमा कोरोना भाइरस तत्काल मर्ने बताइएको छ । तर केहि बेला भने पानीमा रहने सक्ने उनीहरुले बताएका छन् । तर समुन्द्र वा ताजा पानीमा यो नरहने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?