महामारी विशेषज्ञ डा. फाउचीले तोके कोरोना ‘भ्याक्सीन’ आउने मिति

काठमाडौं । अमेरिकाका शीर्ष महामारी विहेषज्ञ डा. एन्थोनी फाउचीले शुक्रवार संसदमा यो वर्षको अन्तिम सम्ममा कोरोनाविरुद्धको भ्याक्सीन बजारमा आउने दाबी गरेका छन् । तर उनले सुरक्षित टिका प्राप्त गर्ने हो वा होइन भन्ने बारेमा भने कुनै ग्यारेन्टी नरहेको बताएका छन् ।

जनावरमा प्रयोग गरिएका १० औषधिमा देखिएको प्रभावका अनुसार फाउची भन्छन्, प्ररम्भिक ह्यूमन ट्रायलले हामीलाई आशावादी बनाएको छ, हामीसँग एक टिका छ, जो यो वर्षको अन्तिममा आउनेछ ।

उनले सन् २०२१ मा अन्य केहि टिका पनि बजारमा पाइने बताए ।

नेशनल इन्स्टीट्यूट फर एलर्जी एण्ड इन्फेक्शियस डीजिजका प्रमुख फाउची अमेरिकामा भईरहेका केहि प्रोजेक्टको बारेमा निगरानी गरिरहेका छन् ।

सबै प्रोजेक्ट्समा भ्याक्सीन चाँडै आउने गरि काम भईरहेको उनले बताएका छन् । मोडर्ना कम्पनीले भने आफ्नो औषधि ट्रायलको तेश्रो चरणमा पुगेको बताएको छ । अब ३० हजार मानिसमा यसको परीक्षण गरिँदै छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ६ लाख ८३ हजार २७८ जनाको मृत्यु भईसकेको छ भने १ करोड ७७ लाख ७१ हजार ६३४ जनालाई संक्रमण भएको छ । त्यस्तै १ करोड ११ लाख ६८ हजार ४११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६५ हजार ५९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

कोरोना संक्रमित ‘जर्मन शेफर्ड’को मृत्यु, अहिलेसम्म कति जनावरलाई भयो कोरोना ?

चीनले लद्दाखमा सैन्य शक्ति बढाएपछि भारतमा तरङ्ग !

भारतले भित्र्यायो राफेल, चीनले बनायो डरलाग्दो युद्धपोत !

के पानीमा मर्छ कोरोना ? रुसका वैज्ञानिकले गरे यस्तो दाबी !

कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो

रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?

चीनले यसरी लियो अमेरिकासँगको बदला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?